पृष्ठभूमि देश विकासको मुख्य आधार स्तम्भ शिक्षालाई मानिन्छ । विकास प्रतिको सकारात्मक सोच र सचेतना, आवश्यक स्रोत र साधानहरुको पहिचान, व्यवस्थापन र सही सदुपयोगसम्बन्धी आवश्यक ज्ञान, सीप, अभिवृत्ति शिक्षाबाट प्राप्त हुन सक्दछ । जसको लागि शिक्षासंग सम्बद्द विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी नागरिक समाज आदि सबैको सहयोग र सहभागिता जरुरी हुन्छ । यसै सर्न्दर्भमा धादिङ जिल्लामा विशेषतः सबैका लागि शिक्षा कार्यक्रम, माध्यमिक शिक्षा सहयोग कार्यक्रम, दोस्रो उच्च शिक्षा परियोजना, सामुदायिक विद्यालय सहयोग कार्यक्रम र अनौपचारिक शिक्षा कार्यक्रम तथा विद्यालय क्षेत्र सुधार योजना -२०६६-२०७२) हरुको कार्यान्वयनको क्रममा समस्त शैक्षिक अवस्थाको निरन्तर सुधार कार्यका साथै शिक्षाको अवसरमा विस्तार भैरहेको छ । यो वेवसाइट मुख्य शैक्षिक कार्यक्रमहरुका बारे आवश्यक सूचना तथा तथ्याँकहरु सम्पूर्ण सरोकारवालाहरु समक्ष पुर्याउने अभिप्रायले तयार गरिएको छ । यसबाट शिक्षासंग सरोकार राख्ने सबै पक्ष सुसूचित हुने आशा राख्दै यस वेवसाइटलाई अझ परिस्कृत र परिमार्जनको लागि सबै पक्षहरुबाट सुझावको समेत अपेक्षा गरिएको छ । साथै, सामूदायिक
विद्यालयहरुलाई शिक्षा कार्यालय मार्फत दिइदै आएको रकम निकासा प्रणाली तथा
शिक्षक विवरणलाई पूर्णरुपमा कम्प्युटराइज्ड गर्न सम्पूर्ण कार्यहरु अन्तिम
चरणमा पुगेको छ । उक्त कार्य यही आ.व. २०६७/६८ को पहिलो चौमासिक निकासाबाट सुरु गरिने
छ । विद्यालयहरुले आफुले प्राप्त गरेको निकासा विवरण लिन शिक्षा
कार्यालयमा धाइरहन नपर्ने र निकासाको सम्पूर्ण विवरण साइटमा पनि राखिने
हुनाले सम्बन्धित सबैको लागि यस प्रयासले सहयोग पूर्याउने आशा लिएको छ । धन्यवाद ।
दोश्रो चौमासिक निकासा (२०६७ पौष २५ गते)
| क्र.सं. | निकासा शिर्षक | शिक्षक संख्या | निकासा रकम | | १ | प्रावि दरबन्दी तर्फ | 1287 | 83,018,992.00 | | २ | प्रावि राहत तर्फ | 526 | 28,983,300.00 | | ३ | निमावि दरबन्दी तर्फ | 206 | 13,851,190.00 | | ४ | निमावि राहत तर्फ | 196 | 11,315,520.00 | | ५ | मावि दरबन्दी तर्फ | 148 | 10,927,794.00 | | ६ | मावि राहत तर्फ | 122 | 9,189,950.00 | | | जम्मा निकासा | 2485 | 157,286,746.00 |
अन्य आवश्यक जानकारीका लागि कार्यालय वा सम्बन्धित बैंकमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । .......................... लेखाशाखा जिल्ला शिक्षा कार्यालय, धादिङ
RC Wise 2nd Nikasa Reports.pdf |
|