गण्डकी प्रदेशका माननिय भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री ज्यू एवम् श्रीमान सचिव ज्यूको आतिथ्यतामा मिति २०७८/८/२३ मा कृषि विकास निर्देशनालयको सभाहल मालेपाटन पोखरामा पहिलो चौमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
मिति २०७७/११/९ गते श्रीमान सचिव सबनम् शिवाकोटी ज्यू र निर्देशनालयका प्रमुख श्री वासुदेव रेग्मी ज्यूको उपस्थितिमा गण्डकी प्रदेशमा क्रियाशील विभिन्न मिडियाकर्मी र प्रदेसस्तरका कृषि प्राविधिकहरु बीचको अन्तरकृया गोष्ठी निर्देशनालयमा सम्पन्न भयो । उक्त गोष्ठीको सञ्चालन निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत श्री राजेश गुरुङले गर्नुभएको थियो भने उद्घाटन श्रीमान सचिवज्यूले गर्नुभयो । गोष्ठीमा विभिन्न महानुभावहरुले कृषिसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
आ.व. २०७६/०७७ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठि
कृषि विकास निर्देशनालय तथा पशुपन्छि एवं मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको संयूक्त आयोजनामा मिति २०७६ पुस ९ र १० गते प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठि सम्पन्न ।
यही मिति २०७७/०८/१४ गते आईतबार विहान ८ बजे कृषि विकास निर्देशनालयको तालिम हलमा आ.ब. २०७७/०७८ को पहिलो चौमासिक प्रगति समिक्षा गोष्ठीको आयोजना गरिएको छ ...